अर्घाखाँचीमा स्वास्थ्यकर्मी सहित १२ जनालाई कोरोना संक्रमण

भाद्र ७, २०७७ | अर्घाखाँची

जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यरत दुईजना स्वास्थ्यकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको छ । मालारानी गाउँपालिका दुई, भूमिकास्थान नगरपालिकाका ४ र सन्धिखर्क नगरपालिकाभित्रका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो । 

केही दिनअघि भारतबाट आएर पालिकाको क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया