कैलालीका एक व्यक्तिमा मृत्युपछि कोरोना पुष्टि

भाद्र ९, २०७७ | धनगढी

कैलालीको बर्दगोरिया गाउँपालिकाका एक जनाको मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीका अनुसार भदौ १ गते बर्दगोरिया–५ का ५० वर्षीय ती पुरुषको मोहन्याल गाउँपालिका–३ मा घुम्न गएको बेला मृत्यु भएको थियो ।

‘स्थानीयले घटनास्थलबाट मृत्य शरीरलाई बोकेर ल्याउने क्रममा थ्रोट स्वाब लिएका थियौं’ जोशीले भन्नुभयो, ‘पीसीआर रिपोर्ट मंगलबार पोजिटेभ आएको हो ।’ 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले अहिले मृतकको मलालीमा गएका र सम्र्पकमा आएका ब्यक्तिको खोजी भईरहेको बताउनुभयो ।

‘सम्पर्कमा आएकाहरुको भोलि (बुधबार) थ्रोट स्वाब लिने छ, उहाँले भन्नुभयो, ‘उनीहरुलाई रिपोर्ट नआएसम्म होम क्वारेन्टिनमा बस्न भनिएको छ ।’ कैलाली जिल्लामा उनी सहित कोरोनाबाट मृत्यु हुनेको सख्या पाँच पुगेको छ । 

यसअघि घोडाघोडी नगरपालिको आइसोलेसनमा बसेका एक महिलाको सोमबार राति मृत्यु भएको छ । तर, उनको अझै पीसीआर रिपोर्ट आएको छैन । 


प्रतिक्रिया