पश्चिम नवलपरासीमा भदौ १५ गते सम्म निषेधाज्ञा

भाद्र ११, २०७७ | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीमा ५ दिन निषेधाज्ञा थप भएको छ । साउन ३१ गते देखि भदौ १० गते सम्म जारी गरिएको निषेधाज्ञा १५ गते राती १२ बजे सम्म सम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । 

निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न र अनावश्यक रुपमा हिडडुल नगर्न प्रशासनले जिल्लाबासीमा आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको पाठकले जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्क कामका लागि सम्पर्क व्यक्ति तोकेर काम गर्न सक्ने व्यवस्था मिलाइएको छ । जिल्लामा हिजोसम्म १ सय ९५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । 


प्रतिक्रिया