सगरमाथा संवादमा जलवायु परिवर्तनको वर्तमान अवस्था र चुनौतीबारे छलफल हुने राणाको भनाइ

जेष्ठ १, २०८२

परराष्ट्रमन्त्री डा आरजु राणाले सगरमाथा संवादमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत छलफल हुने बताउनुभएको छ । काठमाडौँमा आयोजित दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशिलता सम्बन्धी कार्यशालामा मन्त्री राणाले विश्व मञ्चहरुमा नेपालले उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द गर्न सगरमाथा संवाद महत्वपूर्ण हुने बताउनुभयो । 

उहाँले जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले त्यसै अनुसारको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने उल्लेख गर्नुभयो । नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, हिमताल विस्फोट, खडेरी, बन डढेलो लगायतका जलवायुजन्य गम्भीर प्राकृतिका प्रकोपको सामना गरिरहेको उहाँको भनाइ थियो । 


प्रतिक्रिया