एसिया छनोटको महत्वपूर्ण खेलमा बहराइनमाथि नेपाल ६ विकेटले विजयी

जेष्ठ २, २०८२ | काठमाडौं

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपालले बहराइनमाथि ६ विकेटको जित निकालेको छ । थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर–३ मा पुग्ने सम्भावना कायम राखेको छ ।

वर्षाले प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनले ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा खेल रोकिएको थियो । वर्षा रोकिएपछि नेपाललाई डिएसएल मेथडमा ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो । सो लक्ष्य नेपालले ५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कप्तान इन्दू बर्माले ७ बलमा नटआउट २४ रन जोड्दो जित सम्भव भयो । जितसँगै नेपालले समूहमा चार खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ ।

यसअघि हङकङसँगको पहिलो खेल रद्द हुँदा नेपालले बहराइनविरुद्धको खेलमा ९ विकेटको जित निकालेको थियो । हङकङविरूद्धको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो । ४ अंक जोडेको हङकङ र १ अंक जोडेको बहराइनबीचको भोलि हुने खेलपछि सुपर–३ मा पुग्ने टोलीको टुंगो लाग्नेछ । 


प्रतिक्रिया