पाथीभरामा केवलकार निर्माण गर्न बाटो खुला

जेष्ठ २, २०८२ | काठमाडौं
ताप्लेजुङस्थित पाथीभरामा केवलकार निर्माणको काम तत्काल सुरु हुने भएको छ ।
सर्वोच्च अदालतले केबलकार निर्माण रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो । आदेशसँगै चैत्र तेश्रो सातादेखि रोकिएको केवलकार निर्माणको काम तत्काल सुरु हुने भएको छ ।
अदालतको आदेशअनुसार सम्पूर्ण काम रोकिएकोमा अव बाटो खुलेसँगै तत्काल काम सुरु गर्ने कम्पनिका प्रतिनिधि रुद्र पौडेलले बताउनुभयो । बटम स्टेशन, टावर र टप स्टेशनको काम अव एकैसाथ सुरु हुने उहाँको भनाई छ ।