उत्तरी गाजामा इजरायलको आक्रमण, कम्तिमा ४८ जनाको मृत्यु

जेष्ठ १, २०८२ | काठमाडौं
इजरायलले उत्तरी गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।
सो आक्रमणमा प्यालेष्टिनीको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । जबालिया क्षेत्र र शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा परि २२ बालबालिका र १५ महिलाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै, इजरायली सेनाले सो क्षेत्र खाली गर्न समेत चेतावनी दिएको छ । यद्यपि, संयुक्त राष्ट्रसंघले सुरक्षा परिषद्का सदस्यहरुलाई गाजामा नरसंहार रोक्न कदम चाल्न आग्रह गरेपछि सो आक्रमण भएको बताइएको छ ।
यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले बन्धक बनाएका ५८ जनालाई रिहा गर्न सहमति नजनाएसम्म गाजामा सैन्य आक्रमण जारी राख्ने चेतावनी दिनुभएको छ ।