नवलपरासी पुर्वमा कोरोना संक्रमित पुरुषको मृत्यु

भाद्र १३, २०७७ | नवलपरासी

नवलपरासी पुर्वको विनयी त्रिवेणी गाउपालिकाका एक ६५ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण चितवन स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर एकका अध्यक्ष अजित थापाका अनुसार वडा नम्बर ६ का ६५ वर्षका रामजी काफलेको उपचारका क्रममा आज मृत्यु भएको हो ।

 त्रिवेणीधाम निवासी उनी एकसाता अघिदेखि कोरोना संक्रमणको लक्षण देखिएपछि पुरानो मेडिकल कलेजमा उपचाररत थिए । नवलपरासी पुर्वका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उनको कोराना संक्रमणकै कारण मृत्यु भएको पुष्टि गर्नुभयो । 


प्रतिक्रिया