निषेधाज्ञामा थप कडाई

भाद्र १५, २०७७ | धनकुटा

समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले निषेधाज्ञामा थप कडाई गरेको छ ।

यसअघि धनकुटा नगरपालिका, छथरजोरपाटी, चौविसे र शहिदभूमि गाउपालिकाले आन्तरिक रुपमा निषेधाज्ञा जारि गरेकोमा एकै दिन १९ जनामा भाइरस संक्रमण पुष्टि भएपछि विपद् ब्यबस्थापन समितिले जिल्लाभर थप कडाइ गर्ने निर्णय गरेको हो । 

समितिले संक्रमितहरुको नजिकको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको नतिजा नआएसम्मका लागि जिल्लाभर कुनैपनि पसल व्यवसाय सञ्चालन गर्न नदिने जनाएको छ । 

खाद्यबस्तुका पसल भने स्वास्थ्य सावधानीका उपाय अबलम्बन गरेर बिहान ७ देखि १० बजे सम्म खोल्न पाइने छ । सार्वजनिक संस्था तथा सरकारी कार्यालयमा बढिमा ५० प्रतिशत कर्मचारी उपस्थित आलोपालो माध्यमबाट सेवा उपलब्ध गराउने निर्णय पनि प्रशासनले गरेको छ ।  


प्रतिक्रिया