माछा मार्न गएका दुई बालिकाको नदीमा डुबेर मृत्यु

भाद्र १५, २०७७ | कञ्चनपुर

माछा मार्न गएका दुई बालिकाको सोमबार कञ्चनपुरको दोदा नदीमा डुबेर मृत्यु भएको छ । लालझाडी गाउँपालिका–३ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुसँगै माछा मार्न गएकी १२ वर्षीया अनु रानाको भने सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाका दोदा नदीमा माछा मार्ने क्रममा तीनै बालिकाहरु बगेका हुन् । दुई जना भने बगेको स्थानबाट ३ सय मिटर टाढा मृत अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया