ढोरपाटन पहिरोमा १४ को मृत्यु ३९ बेपत्ता ( अपडेट )

भाद्र १८, २०७७ | बागलुङ

बागलुङको ढोरापटन नगरपालिकामा बाढी पहिरोमा परेर एउटै वडाका १४ जनाको मृत्यु भएको छ । घटनामा ३९ जना बेपत्ता भएका छन् । मृत्यु भएका मध्ये २६ बर्षकी केशमाया बिक र बिरे बिकको मात्रै सनाखत भएको हो । अन्यको सनाखत हुन सकेको छैन ।

ढोरपाटनको देउरालीदेखि खसेको पहिरोले वडा नम्बर ९ का तीनवटा बस्ती बगाएको हो । आज दिनभर गरिएको खोजी तथा उद्दारमा १४ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । घटनामा कति मानिस वेपत्ता भए भन्नेबारे यकिन नभएपनि बेपत्ताहरुको खोजी भोलि पनि जारी राख्ने रेग्मीले बताउनुभयो ।

 पहिरोले रातको समयमा खसेकाले ठूलो मानवीय क्षति भएको प्रहरीको भनाई छ । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएका मध्ये केहीको अधिकारी चौर र बुर्तिवाङ तथा बडिगाड गाउापालिका सम्म शव भेटिएको उद्दारमा खटिएका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो ।

देउराली देखि खसेको पहिरो र बाढीले तीनवटा बस्तीका ४० घर बगाएको छ । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । देउरालीबाट खसेको पहिरोले थुनिएको भुजी खोला फुटेपछि बाढी आएको स्थानीय शिक्षक यामबहादुर कायतले बताउनुभयो । 


प्रतिक्रिया