जीप दुर्घटनामा दुईको मृत्यु

भाद्र २२, २०७७ | तनहुँ

तनहुँको ऋषिङको १ देउलीखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । 

जीप चालक म्याग्दे गाउँपालिका ७ का ३२ वर्षिय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका ५ का ५५ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको तनहुँ प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले बताउनुभयो । 

व्यासको चापाघाटबाट देवघाट गाउँपालिकाको खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नं को जीप कच्ची सडकबाट करीब ७० फिट तल खोलामा खसेको थियो । जीपका यात्रुहरु मृत्यु संस्कारमा भेटी लिएर खाल्डेतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । 


प्रतिक्रिया