नेपालगञ्ज मेडिकल कलेजमा थप एक संक्रमितको मृत्यु

भाद्र २३, २०७७ | नेपालगञ्ज

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बाँकेमा मंगलबार थप एक जनाको मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ८० वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित थिइन् ।

८० वर्षीया वृद्धाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार बिहान सात बजे मृत्यु भएको थियो । मृत्यु भएपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । 

बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका तीन जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यसअघि, मंगलबार बिहान बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत अर्घखाँचीको शितगंगाका नगरपालिका–१२, का ४२ वर्षीय उनको उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, ४२ वर्षीय ती पुरुषको मंगलबार बिहान ९ बजेर ३० मिनेट जाँदा अस्पतालमै मृत्यु भएको हो । 

सम्बन्धित समाचार :
* अर्घखाँचीका कोरोना सक्रमित पुरुषको मृत्युु


प्रतिक्रिया