पर्वतमा पहिरोले पुरिएर एक बालिकाको मृत्यु

भाद्र २९, २०७७ | पर्वत

पर्वतको फलेवास नगरपालिका—४ मुडिकुवामा पहिरोले घर पुरिदा एक बालिकाको मृत्यु भएको छ ।

विहान ४ बजेतिर खसेको पहिरोले स्थानीय नविन विकको घर पुरिदा उनकी छोरी तीन बर्षिया आकृतिको घटनास्थलै मृत्यु भएको वडाध्यक्ष टिकाराम गौडेलले बताउनुभयो । पहिरोमा पुरिएर नबिन विककी श्रीमती लक्ष्मी सहित ३ जना घाईते भएका छन् । 

घर पुरिदा घाईते भएकाहरुको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए । उनीहरुको अवस्था सामान्य छ । मुडिकुवा चुरी गाउँबाट झरेको पहिरोले सिर्सवासम्मको दुई किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएको छ । 

पहिरोसँगै आएको बाढीले चार घरहरुमा क्षति पुर्‍यााएको छ । 


प्रतिक्रिया