पहिरोबाट ट्याक्सी खस्दा एक जनाको मृत्यु

आश्विन ९, २०७७ | धादिङ

धादिङको सिद्धलेख ६ तिरतिरेधारामा ट्याक्सी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाडौंवाट सुत्ेकरी लिएर धादिङवेंसी जादैं गरेको ट्याक्सी दुर्घटना हुँदा खनियावासकी ५० वर्षीया विन्दु तामाङ्गको मृत्यु भएको हो । 

दुर्घटनामा सुत्केरी सहित ५ जना घाईते भएका छन् । मलेखु फुर्केखोला धादिङवेंसी कालुपाण्डे मार्गको सिद्धलेख ६ तिरतिरेधारा नजिकैको पहिरोबाट बा १ ज १२६२ नम्वरको ट्याक्सी अन्दाजी एक सय पचास मिटर तल खसीथोपल खोला खेतमा पुगेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक विस्वराज खड्काले जानकारी दिनुभयो । 

सो स्थानमा गत साउन ५ गते पहिरो खसेको थियो । सदरमुकामको मुख्य प्रवेशद्वारमै पहिरोले सडक जोखिम बनाएपनि मर्मतका लागि पहल भएको छैन । 


प्रतिक्रिया