कैलालीकी ३० वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि

आश्विन १५, २०७७ | धनगढी

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिका–१२ की ३० वर्षीया महिलाको बुधवार रातिनै मृत्यु भएपनि बिहीबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार बुधबार राति ११ बजे अस्पतालको इर्मजेन्सी कक्षमा भर्ना भएकी ती महिलाको केही समयपछि मृत्यु भएको हो । ‘मृत्युपछि महिलाको थ्रोट स्वाब संकलन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘पीसीआर पोजेटिभ भएको रिपोर्ट बिहीबार दिउँसो मात्र आएको हो ।’ 

अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार ती महिलामा श्वासप्रश्वासको समस्या देखिएको थियो । मृतक महिलामा कोरोना पुष्टि भएपछि नेपाली सेनाले शव ब्यवस्थापन गरेको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ललित बहादुर धामीले ती महिलाका परिवार, आफन्त र उनको सम्र्पकमा आएका सबै ब्यक्तिको पीसीआर जॉच गरिने जानकारी दिनुभयो । 

ती दिन अघि धनगढी उपमहानगरपालिका–१ बस्ने ६३ वर्षीय महिलाको मृत्यु भएको थियो । कैलालीमा यो सहित मृत्यु हुनेको सख्या ९ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार नौ जिल्लामा गरी १७ पुगेको छ ।


प्रतिक्रिया