३२ संक्रमित घर फर्किए

आश्विन १९, २०७७ | रुकमु पूर्व

रुकमु पूर्वमा दुई साता अघि कोरोना संक्रमण पुष्टि भएका ३२ जना संक्रमण मुक्त भइ घर फर्किएका छन् ।

जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट स्थित रुक्मीणि माविमा बनाइएको आइसोलेशनमा रहेका ३२ जनालाई आज घर पठाइएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । 

अहिले जिल्लामा १४ जना सक्रिय संक्रमित छन् । जिल्लामा ८४ जना संक्रमित भएकामा ७० जना घर फर्किसकेका छन् । हालसम्म जिल्लाका १ हजार ७ सय ८४ जनाको स्वाव परीक्षण गरिएको छ । 


प्रतिक्रिया