पाल्पा अस्पतालमा ओपिडि सेवा बन्द

कार्तिक १, २०७७ | पाल्पा

चिकित्सक र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पाल्पा अस्पतालले ओपिडि सेवा आजबाट बन्द गरेको छ । दुई चिकित्सक, सुरक्षाकर्मी र एक कर्मचारीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल व्यवथापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो ।

सेवाग्राहीको जोखिमलाई ध्यान दिएर अन्य सबै प्रकारका सेवा बन्द गएिको उहाँले बताउनुभयो । अर्को सूचना प्रकाशन नभएसम्मका लागि पाल्पा अस्पतालका सबै सेवा बन्द गरिएको र बाँकी कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरिने उहाँले बताउनुभयो । केही दिनअघि पाल्पा अस्पतालबाट नौ जनाको स्वाब पठाएकामा चारजनामा कोरोना पोजेटिभ देखिएको हो । 


प्रतिक्रिया