कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

कार्तिक २, २०७७ | बर्दिया

बर्दियामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । 

ठाकुरबाबा नगरपालिका—६ का ४२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । यो सँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । गत असोज २७ गते पोजेटिभ नतिजा आएका बुटवल ८ का ४९ वर्षीय पुरुषको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । होम आइसोलेसनमा बसेका उनी हिजो नै अस्पताल भर्ना भएका थिए । 


प्रतिक्रिया