भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

कार्तिक ८, २०७७ | नेपालगञ्ज

बाँकेको भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीका ५० वर्षीय पुरुषको शुक्रबार राति साढे १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । 

गत असोज ६ गते गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण देखिएको थियो । उनलाई असोज २७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

श्वासप्रश्वासमा समस्या भएपछि भेरी अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार राति मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट बाँकेको मात्रै ३० जनाको मृत्यु भइसकेको छ । 

बाहिर जिल्लाबाट उपचारका लागि नेपालगञ्ज ल्याइएका १५ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 


प्रतिक्रिया