सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु

कार्तिक १४, २०७७ | सिरहा

कोरोना भाइरसको संक्रमणबाट सिरहामा थप एक जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत सुखीपुर नगरपालिका–८ का ७० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो । 

एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास फेर्न गाह्रो भएपछि ती वृद्धलाई कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । सोही दिन स्वाब लिइएको उनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । 

रिपोर्ट पोजेटिभ आएपछि प्रादेशिक अस्पतालको ओइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनी दमका रोगी समेत थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।


प्रतिक्रिया