बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

कार्तिक १६, २०७७ | नेपालगञ्ज

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत थप जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि पुगेका कैलालीका ६० वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई शनिबार शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा राति १ बजे उनको क्रममा मृत्यु भएको थियो ।

यस्तै, नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिलामा कात्तिक ८ गते संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएकी थिईन् । 

ती महिलामा प्लाजामा थेरापी लगायत सबै प्रकारको उपचार दिंदै गर्दा समेत संक्रमितको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आइसीयूमा उपचारकै क्रममा गएराति मृत्यु भएको हो । योसँगै कोरोना भाइरसका कारण बाँकेमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । २० जना बाहिरी जिल्लाबाट उपचार गराउन आएकाहरु हुन् ।


प्रतिक्रिया