कोरोना संक्रमणबाट बाँकेमा ६७ महिलाको मृत्यु

कार्तिक १७, २०७७ | नेपालगञ्ज

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलकी ६७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । 

उनी नेपालगञ्ज उपमहानगरपालिका–२ कि वडा सदस्य हुन् । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना भएकी उनको सोमबार बिहान मुत्यु भएको हो ।

उपचारको क्रममा उनको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको अस्पतालले जनाएको छ । 

उपचारकै क्रममा सोमबार बिहान १०:३० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । बाँकेमा उपचारको क्रममा बाहिरी जिल्लाका २१ जनाएको मृत्यु भएको छ । 


प्रतिक्रिया