पाँचथरको सदरमुकाम फिदिम बजारमा निषेधाज्ञा जारी

कार्तिक २०, २०७७ | पाँचथर

कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि पाँचथरको सदरमुकाम फिदिम बजारमा तेस्रो पटक निषेधाज्ञा लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छु्ट्टाछुट्टै निर्णय गर्दै बजार क्षेत्रमा मंसिर २ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको सहायक प्रमूख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो । 

निषेधाज्ञाको अवधिमा २ पांग्रे सहितका सवारी साधन, पसल र व्यवसाय बन्द गरिएको छ । पछिल्लो समय सो क्षेत्रमा व्यवसायी, सर्वसाधारण र उद्योग बाणिज्य संघका पदाधिकारीमा संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया