ट्रक दुर्घटनामा १ जनाको मृत्यु

कार्तिक २१, २०७७ | धादिङ

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे—१ खयरघारीमा भैंसी बोकेको ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

दुर्घटनामा पर्साको वीरगन्ज महानगरपालिका ३१ का २४ वर्षका शेख अली अख्तरको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको काठमाडौंको ट्रमा अस्पताल उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएका दुवै जनाको ट्रमा अस्पतालमा उपचार भैरहेको छ । 


प्रतिक्रिया