वीपी प्रतिष्ठानमा उपचाररत उदयपुरका संक्रमितको मृत्यु

कार्तिक २५, २०७७ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत उदयपुरको चौदण्डी नगरपालिका–२ का ४२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । 

शारीरिक र मानसिक रुपमा कुनै दीर्घ रोग नभएका उनको दिउँसो साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. अशिष श्रेष्ठका अनुसार कोरोना संक्रमणको शंकास्पद बिरामीको रुपमा उनलाई कात्तिक १४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा उनको पीसीआर परीक्षण गराउँदा कात्तिक १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । 


प्रतिक्रिया