पूर्वमन्त्री गौतमको निधन

कार्तिक २७, २०७७ | तनहुँ

पूर्वमन्त्री तथा संविधानसभा सदस्य भीमप्रसाद गौतमको निधन भएको छ । निमोनिया रोगबाट ग्रस्त गौतमको ७० बर्षको उमेरमा तनहुँको बन्दीपुर १ पिप्लेस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

चितवन मेडिकल कलेजमा उपचारत उहाँको स्वास्थ्यमा सुधार आएपछि केही दिन अघि मात्र घर फर्किनुभएको थियो । तर, अचानक स्वास्थ्यमा समस्या देखेपछि उनको निधन भएको हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला गौतम भूमिसुधार तथा व्यवस्था मन्त्री बन्नुभएको थियो । 


प्रतिक्रिया