बुटवलको कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु

मंसिर ५, २०७७ | तिलोत्तमा

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको छ । 

तिलोत्तमा नगरपालिका-२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका-१ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो । 

उहाँका अनुसार मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका तिलोत्तमाका ५९ वर्षीया पुरुषको शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो, मुटुरोग, दम र मधुमेहको समस्या थियो ।

त्यस्तै, गुल्मीको रेसुंगा-१ का ६६ वर्षीया पुरुषमा गत कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएपछि २८ गते अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो ।


प्रतिक्रिया