अस्पताललाई ११ रोपनी जग्गा दान गरिने

मंसिर १०, २०७७ | पर्वत

पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल सहितको अध्ययन समितिलाई नेपाली काँग्रेस मोदी गाउँपालिकाले उपयुक्त स्थानमा जग्गा दान गर्ने निर्णय गरेको छ । नेपाल सरकारको निर्णय अनुसार एक पालिका एक अस्पताल निर्माण गर्न स्थानीय तहलाई जिम्मा दिएसँगै मोदी गाउँपालिकाले जग्गा खोजी गरेको थियो ।

काँग्रेस मोदीगाउँपालिकाका संयोजक जीवनाथ शर्माको संयोजकत्वमा ११ रोपनी जग्गा निशुल्क दान गर्ने निर्णय भएको जानकारी दिनुभयो । नेपाली कााग्रेस मोदी गाउँपालिकाकाका प्रवक्ता दिपेन्द्रजगं लामिछानेका अनुसार अस्पताललाई उपयुक्त जग्गा डिम्मुवा प्रावि नजिकै रहेको छ । 

यो पोखरा–बाग्लुङ सडक खण्डको मापदण्डमा रहेकाले सर्वसाधरणलाई पायक पर्छ । तसर्थ,यही उपयुक्त जग्गामा अस्पताल बनाउन नेपाली काँग्रेस मोदी गाउँपालिकाका पर्वतले स्थानीय तह र गाउँपालिकाका प्रमुख प्रेम पौडेलसाग माग गरेको उहाँले बताउनुभयो । स्वास्थ्य सुबिधा जस्तो सर्वसुलभ सेवा र संरचना निर्माणमा गाउँपालिकाले सर्मथन गर्नेमा आफुहरु सहित स्थानीयले अपेक्षा गरेको उहाको भनाई छ ।


प्रतिक्रिया