फिदिममा बलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु

मंसिर १७, २०७७ | पाँचथर

पाँचथरको फिदिम नगरपालिका ४ तुम्देन चोकमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । २ जना गम्भिर घाइते भएका छन ।

सहरी विकास मन्त्रालय अन्तर्गतको प्राविधिक टोली सवार बा १९ च ५७३६ नम्वरको बोलेरो गएराति ९ बजेतिर दुर्घटना हुँदा फिदिम नगरपालिका १ का २० बर्षीय अर्जुन शंकरको घटनास्थलमै मृत्यु भएको हो । 

बलेरोका चालक सुनसरीको धरान घर भएका पार्वत गुरुङ र झापाको गरामुनी १ घर भएका २१ बर्षीय अर्जुन मगर गम्भिर घाइते भएका छन । उनीहरुलाई थप उपचारका लागि झापा स्थित बिर्तासिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिनुभयो ।


प्रतिक्रिया