कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

मंसिर १७, २०७७ | तनहुँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँबाट प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोडेको भन्दै नेता पौडेललाई नियन्त्रणमा लिइएको तनहुँका एसपी अरुण पौडेलले बताउनुभयो ।

 व्यास नगरपालिका–१ स्थित तालघरे–दुम्सी जोड्ने पुलको उद्घाटन गर्न नेता पौडेल तनहुँ पुगेका थिए । पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले सो क्षेत्रमा मध्याह्न १२ देखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा तोड्दै नेता पौडेल पुल उद्घाटनमा जान खोजेपछि नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ । 

निषेधाज्ञा जारी गरेपछि प्रहरी र युवा नेताहरुबीच केही बेर झडप समेत भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो ।


प्रतिक्रिया