१७ वटा वालुवा प्रशोधन केन्द्र शिल

मंसिर २६, २०७७ | नवलपरासी

पूर्वी नवलपरासीमा मापदण्ड बिपरित संचालनमा रहेका १७ वटा वालुवा प्रशोधन केन्द्र शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको अनुमगम टोलीले विनयी त्रिवेणी गाउँपालिका भित्र विना दर्ता सञ्चालनमा रहेका १७ वटा बालुवा प्रशोधन केन्द्र शिल गरेको हो ।

 गएरातिसम्म क्रसर अनुगमनमा खटिएको टोलीले बिना इजाजत संचालनमा रहेका बालुवा प्रसोधन केन्द्र शिल गरेको हो । जिल्लाको बिनयी बिवेणी गाउँपालिकामा सबै भन्दा धेरै क्रसर र बालुवा प्रसोधन केन्द्र संचालनमा छन । 

पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले विनयी त्रिवेणी गाउँपालिकामा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेका तर साना तथा घरेलु उद्योग र गाउँपालिकाको कार्यालयमा दर्ता नगरेको क्रसर शिल गरिएको जानकारी दिनुभयो । खोला र पुलवाट ५ सय मिटर टाढा क्रसर उद्योग संचालन गर्न नपाइने नियम भएपनि त्यहाका २ दर्जन भन्दा बढी क्रसर उद्योग खोलाकै किनारमा संचालनमा छन । 

त्यस्ता क्रसर उद्योग अनुमति दिदा खोला, राजमार्ग, विद्यालय, मठमन्दिर भन्दा टाढा हुनुपर्ने नियम भएपनि त्यहाको घरेलु तथा साना उद्योग कार्यालयले मोटो रकम लिएको भरमा सबै क्रसर र वालुवा प्रशोधन केन्द्र खोलावाट १ मिटर नजिकमा अनुमती दिएको पाइएको छ । २ साताअघि मात्रै हुप्सेकोट र कावासोतीमा संचालनमा रहेको २ वटा बालुवा प्रसोधन केन्द्र शिल भएको थियो ।

प्रहरी प्रशासनकै मिलोमतोमा त्यहाका खोलानालावाट रातभरी नदीजन्य पदार्थ निकासी हुने गरेका कारण ति क्रसर संचालनमा आएको स्थानीयको आरोप छ ।


प्रतिक्रिया