प्रधानमन्त्री ओलीले चुनाव गर्दैन : नेता पौडेल

पुस १३, २०७७ | तनहुँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले चुनाव गर्न नसक्ने बताउनु भएको छ । तनहुँको निर्वाचन क्षेत्र नम्बर २ को भिमादमा आयोजित कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री ओलीले चुनाव गर्ने नियतले प्रतिनिधिसभा विघटन नगरेको भन्दै आगामी बैशाखमा चुनाव गर्नै नसक्ने बताउनुभयो । 

‘प्रधानमन्त्री ओलीले चुनाव गर्ने नियतले प्रतिनिधिसभा विघटन गरेको होइन, उहाँले भन्नुभयो, ‘त्यसैले ओलीले चुनाव गर्दैन ।’ संविधानको रक्षा र देश बचाउन प्रतिनिधिसभा पुनस्र्थापना हुनु पर्नेमा उहाँले जोड दिनुभयो । 

विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेताले पौडेलले प्रतिनिधिसभा विघटन गरेर संविधान, लोकतन्त्र र जनाताको विश्वासमाथि प्रधानमन्त्रीले आक्रमण र धावा बोलेको उहाँको अरोप छ । प्रधानमन्त्री ओलीले चालेका कदमले राष्ट्रलाई संकटमा पारेको र नेपाललाई अफगानिस्तानको अवस्थामा पुर्‍याउने भएकाले प्रतिनिधिसभा पुर्स्थापना हुन आवश्यक रहेको नेता पौडेलले बताउनुभयो । 

सर्वोच्च अदालततर्फ इंगित गर्दै नेता पौडेलले देश र संविधान बचाउने न्यायमूर्तिको हातमा रहेको बताउनुभयो । नेता पौडेलले तनहुँको क्षेत्र नम्बर १ को दमौलीमा आयोजित विरोध सभालाई समेत सम्बोधन गर्नु भएको छ । 


प्रतिक्रिया