पोखरामा सडक महोत्सव सुरु

पुस १५, २०७७ | पोखरा

नेपालकै पर्यटनमा अंग्रेजी नयाँ वर्षको ब्रान्ड बनेको पोखरा सडक महोत्सव आज पोखरामा सुरु भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोशियसशन अफ नेपाल रेवान पोखराद्वारा आयोजित २२ औं संस्करणको महोत्सव तीन दिनसम्म चल्नेछ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सडक महोत्सवलाई निरन्तरता दिइएको हो । सडकमै खाऔं, सडकमै नाचौं र रमाऔं भन्ने नारासाथ यसअघि ५ दिन चल्ने महोत्सव अहिले भने ३ दिनमा झारिएको हो । लेकसाडइको हल्लनचोकदेखि बसुन्धरापार्कसम्मको ३ किमी क्षेत्रमा सुरु महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्नुभयो । यसअघिको जस्तो फनपार्क, लोकदोहोरी, लाइभ कन्सर्ट भने नगरिने भएको छ । डुंगा दौड, टेनिस, तारो हान्ने खेल, विच भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । महोत्सवका संयोजक बसन्त गौतमले पोखरा सुरक्षित र खुला रहेको सन्देशसहित तामझाम र भिडभाड नगरी पाहुनाको स्वागत गर्न पर्यटन व्यवसायी तयार रहेको बताउनुभयो ।

नेपालका कोरोना

पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै मूलुकमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ सय जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् । योसंगै कोरोना मुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ । मूलुकभर ६ हजार ३ सय सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

एसईईका लागि आवेदन खुला

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि आवेदन फारम खुला गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै एसईई परीक्षामा सहभागि हुनका लागि भोलिदेखि माघ २१ गते भित्र फारम भरिसक्न विद्यार्थीहरुलाई आग्रह गरेको हो । परीक्षा नियन्त्रक रामराज खकुरेलले माध्यमिक शिक्षाको २०७७ को अन्तिम परीक्षाका लागि विद्यार्थीको तथ्यांक आवश्यक पर्ने भएकाले रजिष्ट्रेशन फारम खुलाइएको बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेपनि बोर्डले भौतिक उपस्थितीमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । तर परीक्षा सञ्चालनको मोडालिटीबारे अन्तिम निर्णय भने प्रदेश र स्थानीय सरकारसंगको व्यापक छलफलपछि मात्रै गरिने शिक्षा मन्त्रालयले जनाएको छ । गत बर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण परीक्षा स्थगित गरिएपछि विद्यालयको आन्तरिक परीक्षा र मूल्यांकनका आधारमा नतिजा निकालिएको थियो । माध्यमिक शिक्षा परीक्षा एसईई जेठमा गर्ने तयारी भइरहेको पनि परीक्षा नियन्त्रक खकुरेलले उल्लेख गर्नुभयो ।

जेठमा

७७ सालको लाथि तथ्यांक

विद्यार्थीको तथ्यांक

चैत्रमा हुन नसक्ने

समायोजन कार्यदल

समायोजनकै विषय

रौतहटका आईसोलेसन रित्तियो

शिव पुरी

पछिल्लो समय रौतहटमा कोरोना संक्रमितका लागि बनाईएका आईसोलेसन रित्तिएका छन् । कुनै समय कोरोनाको हटस्पट रहेको रौतहटमा अहिले संक्रमितको संख्या ३ जना मात्रै रहेको र उनीहरु पनि होम आईसोलेसनमा छन् । बाहिरबाट आएकालाई राख्न बनाईएको क्वारेन्टिन समेत रित्तिएको छ । चन्द्रपुर नगरपालिका २ स्थित ४० बेडको आईसोलेसन वार्ड र देबाही नगरपालिकाको धरहरीमा रहेको १ सय बेडको आईसोलेसनमा एकजना पनि बिरामी छैनन् । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले दुबै आईसोलेसन रित्तिएको बताउनुभयो । त्यस्तै जिल्लामा संचालनमा रहेको १ सय बेडको क्वारेन्टाईन पनि खाली भएको छ । जिल्ला प्रशासनका अनुसार अहिले सम्म जिल्लामा २ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये १४ जनाको मृत्यु भएको छ ।

रौतहटका आईसोलेसन रित्तियो

पछिल्लो समय रौतहटमा कोरोना संक्रमितहरुका लागि संचालनमा रहेको आईसोलेसन रित्तिएका छन् । अहिले जिल्लाभर संक्रमितको संख्या ३ जना रहे पनि उनीहरु होम आईसोलेसनमा छन् । बाहिरबाट आएकाहरुलाई राख्न बनाईएको क्वारेन्टिन समेत रित्तिएको छ । चन्द्रपुर नगरपालिका २ स्थित ४० बेडको आईसोलेसन वार्ड र देबाही नगरपालिकाको धरहरीमा रहेको १ सय बेडको आईसोलेसनमा एकजना पनि बिरामी छैनन् । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले दुबै आईसोलेसन रित्तिएको बताउनुभयो । त्यस्तै जिल्लामा संचालनमा रहेको १ सय बेडको क्वारेन्टाईन पनि खाली भएको छ । जिल्ला प्रशासनका अनुसार अहिले सम्म जिल्लामा २ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये १४ जनाको मृत्यु भएको छ । प्रजिअ यादवले पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै घटेको बताउनुभयो । संक्रमित फेला परेकाहरुको सम्पर्कमा रहेकाको स्वाब टेष्ट गराउँदै आएको पनि उहाँले उल्लेख गर्नुभयो । सुरुमा क्वारेन्टिनमा बस्नेको संख्या १४ हजार सम्म पुगेको थियो अहिले भने रित्तिएको हो ।

कोभिड १९ संक्रमण बढ्दै गएपछि परीक्षणका लागि गत असोज २ गतेदेखि जिल्ला अस्पतालमा पिसिआर ल्याब संचालनमा आएको ल्याब मेडिकल टेक्नोजोलीष्ट आईसा सिद्धिकिले बताउनुभयो ।

प्रधानमन्त्री कप क्रिकेट

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ समक्ष ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । दाङको लमहीमा टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाएर ५३ रन जोड्यो । उसका कविता जोशीले नटआउट १४ रनको योगदान गर्नुवाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । प्रदेश १ का संगिता राईले ३, सबनम राईले २ तथा रुविना क्षेत्री र गिमा तामाङले १/१ विकेट लिए । प्रदेश १ ले अहिले जवाफी व्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म उसले ३ ओभरको समाप्तीमा १ विकेट गुमाएर १४ रन बनाएको छ ।

आजै हुने दोस्रो खेलमा दिउँसो १ बजे बागमती प्रदेशले गण्डकी प्रदेशविरुद्ध खेल्नेछ । दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् । समुह ’ए’ बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । समुह बीको विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन् ।

अमेरिकामा पनि कोरोनाको नयाँ प्रकार भेटियो

कोराना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि फेला परेको छ । बेलायतबाट शुरु भएको फरक किसिमको कोभिड १९ को स्वरुप अमेरिकाको कोलोराडोमा पनि फेला परेको हो । कुनै ट्राभल हिस्ट्री नभएका २० बर्षीय युवकमा सो संक्रमण देखिएको हो । उनी हाल आइशोलेशनमा छन् । उनीसंगको सम्पर्कमा रहेका र अन्य सम्भावितहरुलाई निगरानीमा राखिएको राज्यको स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । कोरोनाको यो नयाँ प्रकार बढी संक्रामक रहेको र छिटो फैलने चिकित्सकहरुले बताएका छन् ।

अमेरिकामा हाल कोरोना संक्रमणविरुद्ध फाइजर र मोर्डेना खोप दिइरहेको छ । सरकारले यो डिसेम्बरको अन्त्यसम्म १ करोड अमेरिकीलाई खोप दिने लक्ष्य राखेपनि हालसम्म २१ लाखलाई मात्र दिइएको त्यहाँको रोग नियन्त्रण एवं निवारण केन्द्रले जनाएको छ । अमेरिकामा हालसम्म १ करोड ९५ लाख ३१ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । ३ लाख ३८ हजार १ सय ३३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । विश्वमा भने ८ करोड १९ लाख २५ हजार ७ सय बढीमा कोरोना पुष्टि हुँदा १७ लाख ८७ हजार २ सय ८३ जनाले ज्यान गुमाइसकेको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

क्रोएसियामा गएको शक्तिशाली भूकम्पमा परी ७ जनाको मृत्यु

युरोपेली मुलुक क्रोएसियामा गएको शक्तिशाली भूकम्पका कारण ७ जनाको मृत्यु भएको छ । ग्लिनामा ५, तथा जजिना र पेट्रिन्जामा १/१ जनाको मृत्यु भएको हो । कयौं घाइते भएका छन् । जाग्रेवको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको हो । भुकम्पको धक्का छिमेकी मुलुक सर्बिया, बोस्निया हर्जगोभिनाका साथै दक्षिणी अष्ट्रियासम्म महसुस गरिएको थियो । भुकम्प पछिको परकम्प खतरा रहिरहने हुँदा मानिसहरुलाई घरबाट सुरक्षित स्थानमा सार्न भुगर्भविदले निर्देशन दिएका छन् ।

म्यान युनाईटेडको कठिनपूर्ण जित

इङ्लिश प्रिमियर लिग फुटवलमा म्यानचेस्टर युनाईटेडले वुल्भरहेम्प्टनविरुद्ध कठिन जित निकालेको छ । तालिकाको दोश्रो स्थानमा रहेको म्यान युनाईटेडले १२ औं स्थानमा रहेको वुल्भरहेम्प्टनविरुद्ध १–० को संघर्षपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलमा म्यान युनाईटेडका मार्कस राशफोर्डले अतिरिक्त समयमा गरेको गोल निर्णायक बन्यो । जितसंगै म्यान युनाईटेडको ३० अंक भएको छ । ऊ पहिलो स्थानमा रहेको लिभरपुलभन्दा २ अंकले पछि छ ।

गएराति नै भएका अन्य खेलमा लिड्सले वेस्ट ब्रोमलाई ५–० तथा आर्सनलले ब्राइटन एण्ड होभ एल्बियनलाई र बर्नलीले शेफिल्ड युनाईटेडलाई समान १–० ले पराजित गरे । साउथ हेम्प्टन र वेस्ट ह्यामले भने गोलरहित बराबरी खेलेका छन् ।

बार्साको बराबरी

स्पेनिश ला–लिगा फुटवलमा बार्सिलोनाले आइबरसंग बराबरी खेल्दै अंक बाँडेको छ । लियोनेल मेसीविनै मैदान उत्रिएको बार्सिलोना आइबरसंग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता आइबरले ५७ औं मिनेटमा किके गार्सियाको गोलमार्फत लिएको थियो । बार्साका कुस्मान डम्बेलेले ६७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका हुन् । योसंगै तालिकाको छैठौं स्थानमा रहेको बार्सिलोनाको २५ अंक भएको छ । रेलिगेशन जोनबाट २ स्थान माथि रहेको आइबरको १६ अंक छ ।

अर्को खेलमा लेभान्तेले रियल बेटिसलाई ४–३ ले पराजित गर्‍यो । काडिज र रियल भल्लाडोलिडले भने गोलरहित बराबरी खेलेका छन् । 


प्रतिक्रिया