भारत हुँदै कुर्दिस्तान पुर्‍याउन लागिएका तीन महिलाको उद्दार

पुस २१, २०७७ | बर्दिया

भारतको नयाँ दिल्ली हुँदै कुर्दिस्तान लैजान लागेका तीन जना महिलालाई बर्दियाको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले उद्दार गरेको छ । उनीहरुलाई भारतको बिछीया नाका लैजान लागेको अवस्थामा उद्दार गरिएको हो । 

मानव तस्कर भने फरार भएको सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले जनाएको छ । उद्दार गरिएका तीन महिला काभ्रे, चितवन र दोलखाकी हुन् । सशस्त्र प्रहरी उपरिक्षक नर बहादुर राउतका अनुसार मधुवन नगरपालिका–७ भगरैया टोल हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरुको उद्दार गरिएको बताउनुभयो । 

सीमामा तैनाथ सशस्त्र प्रहरी देखेपछि एक जना मानव तस्कर भारततर्फ भागेका छन् । उद्दार गरिएका ती महिलालाई माइती नेपालको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 


प्रतिक्रिया