भेरीमा बस खस्दा एकको मृत्यु, एकजना बेपत्ता

पुस २३, २०७७ | काठमाडौं

दाङको धारापानीबाट सल्यानको सल्लीबजारका लागि छुटेको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९, गराले गौंडाबाट भेरी नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

 रिजर्भ लिन सल्लीबजार जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस दिउँसो करिब पौने ३ बजे २ सय फिट तल भेरीमा खसेको थियो । सुर्खेतका जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार दुर्घटनामा बबई गाउँपालिका–३ दाङका सुमन नेपालीको मृत्यु भएको छ ।

 सो बसमा ३ जना सवार थिए । घाइते सल्यान, कालीमाटीका दीपक सुनारको गम्भीर अवस्थामा उद्धार गरिएको छ भने अर्का एक वेपत्ता छन् । 


प्रतिक्रिया