वीपी प्रतिष्ठानमा उपचार प्रभावित

माघ ५, २०७७ | धरान

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हाउस अफिसर र जुनियर रेसिडेन्सीयल चिकित्सकहरु एक साथ आन्दोलित भएपछि उपचार सेवा प्रभावित भएको छ । प्रतिष्ठानमा इमर्जेन्सी विभागमा १६ जनासहित ३८ जना हाउस अफिसरहरु कार्यरत छन् भने जुनियर रेसिडेन्सियल चिकित्सक ३ सय जना छन् । 

आठौं तहको मापदण्डअनुसार तलव भत्ता सेवा सुविधा पाउनु पर्ने, जोखिम भत्ता उपलब्ध गराउनु पर्ने लगायत माग उनीहरुको छ । जुनियर रेसिडेन्सियल चिकित्सक भने अहिलेसम्म जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । सरकारी नियमअनुसार आठौं तहका मेडिकल अफिसरको ५५ देखि ६० हजार रुपैयाँ तलब स्केल पाइराखेका छन् । 

मापदण्ड अनुसार नै तलव भत्ता सुविधा हुनुपर्ने माग गर्दै उनीहरु ड्युटी छाडेर आन्दोलित भएका हुन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी काठमाण्डौबाट धरान फर्किएपछि वार्ता हुने प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलले बताउनुभयो ।  


प्रतिक्रिया