कोरोना संक्रमितको मृत्यु भएपछि शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

माघ ६, २०७७ | काठमाडौं

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डा. सविन भण्डारीमाथि कुटपिट भएको छ । कोभिड आईसीयूमा उपचाररत ६१ वर्षीय बिरामीको मृत्यु भएपछि उनका छोराले चिकित्सकमाथि हातपात गरेको शिक्षण अस्पतालको आईसीयूमा कार्यरत डा. सचित शर्मा रुपाखेतीले जानकारी दिनुभयो । 

निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ती बिरामीको काठमाडौंमा गरिएको परीक्षणमा भने कोरोना संक्रमण देखिएको थियो । विरामीलाई कोभिड आईसीयूमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको उहाँले बताउनुभयो । अस्पताल प्रशासनले हातपात गर्ने व्यक्तिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । 


प्रतिक्रिया