माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिदाँ ३ जनाको मृत्यु

माघ ६, २०७७ | सुनसरी

सुनसरीको इनरुवा–दुहबी सडक खण्डमा आज माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिदाँ ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

 दुर्घटनामा मोटरसाइकल चालक इनरुवा– ३ का बिर्ख मण्डल, माइक्रोबसका सहचालक सप्तरी राजविराजका शंकर यादव र यात्रु इनरुवा–२ की काजल मेहताको मृत्यु भएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको इनरुवास्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक गोपाल श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया