राडी बजार घटना : ३ जना वडाध्यक्षसहित ८ जना प्रहरी नियन्त्रणमा

माघ ७, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिमको राडी बजारमा भएको झडपपछि प्रहरीले ३ जना वडाध्यक्षसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही, ८ नम्बर वडाध्यक्ष मानबहादुर चदारा, ३ नम्बर वडाध्यक्ष केशरमान विक छन् । शाही नेपाली कांग्रेस तथा चदारा र विक तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।

 यस्तै तेजविक्रम आरसी, डिके भनिने दिपक केसी, जयबहादुर विक तथा गोपाल विक नाम गरेका २ जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घाईते वडाध्यक्ष शाही, तेजविक्रम र दिपकको नेपालगञ्जमा उपचार भइरहेको छ ।

यसैबीच, राडी बजारमा निषेधाज्ञा आज पनि जारी छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि हिजोसाँझ ५ बजदेखि निषेधाज्ञा जारी गरेको थियो । नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच हिजो दिनभर झडप भएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन भन्दै निषेधाज्ञा घोषणा गरेको हो । 


प्रतिक्रिया