दशगजामा भारतले निर्माण गर्‍यो संरचना

फाल्गुन ५, २०७७ | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको भारतीय सिमावर्ती महेषपुर नाकास्थित दशगजा क्षेत्रमा भारतले भौतिक संरचना निर्माण गरेको छ । दशगजा क्षेत्रमा दुबै मुलुकले कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाईने भएपनि भारतले रातारात पक्की संरचना निर्माण गरेको हो । 

पाल्हिनन्दन गाउंपालिकाको वडा नम्बर १ मा पर्ने ठुटीबारी नाकामा जाँचस्थल भन्दै गएराती भारतले संरचना निर्माण गरेको गाउंपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताउनुभयो । यसअघि पनि पटक/पटक संरचना निर्माण गर्न खोज्दा नेपाली सुरक्षा निकायले रोकेपछि भारतीय एसएसवीले रातारात संरचना निर्माण गरेको हो । महेषपुर मुल भन्सार जिल्लाको सबै भन्दा बढी चहलपहल हुने क्षेत्र हो । 

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले दशगजा क्षेत्रमा भारतले संरचना निर्माण गरेको सूचना आएकाले आफुले सिमावर्ती भारतीय जिल्लाको गृह प्रशासन र गृह मन्त्रालय मार्फत कुटनितिक पहल सुरु गरेको बताउनुभयो ।    


प्रतिक्रिया