बारपाकमा एकै परिवारका तीन जना मृत फेला

फाल्गुन १०, २०७७ | गोरखा

गोरखाको सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

८४ बर्षीय टिलवहादुर गुरुङ, उनको वुहारी २१ बर्षीया आइति माया गुरुङ र नातिनी १३ वर्षिय उषा गुरुङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । स्थानीयले उनीहरु सुतेकै अवस्थामा विहान मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

मृतकहरुको मुखमा फिज देखिएको स्थानीयको भनाइ उदृत गर्दै एसपी गुरुङले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेकाले मृत्युको कारण भने नखुलेको गुरुङले जानकारी दिनुभयो । अहिले घटनास्थलमा बारपाक प्रहरी चौकिबाट प्रहरी पुगेको छ । इलाका प्रहरी कार्यालय जौवारीबाट थप प्रहरी परिचालन गरि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया