तेह्रथुमको विद्यालयमा आगलागी, १ करोड बढीको क्षती

फाल्गुन १५, २०७७ | काठमाडौं

तेह्रथुमको फेदाप गाउँपालिका २ ओयाक्जुङस्थित सिद्धकाली माध्यमिक विद्यालयमा आज विहान आगलागी भएको छ । आगलागीम परी १ करोड रुपैंया बढीको सम्पती नष्ट भएको विद्यालयले जनाएको छ । 

विद्यालयको प्राशसनीक भवनमा विहान करीब ३ बजेतिर आगलागी शुरु भएको विद्यालयका प्रध्यानाध्यापक कुलप्रसाद दुलालले जानकारी दिनुभयो । आगलागीमा परी विद्यालयको प्रशासनीक भवन सहित अन्य भौतिक संरचना पुर्णरुपमा जलेर नष्ट भएको छ । 

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीमा परी विद्यालयका प्रशासनीक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्री लगायत अन्य भौतिक सामग्री समेत जलेर नष्ट हुदा १ करोड रुपैयाँ बढीको क्षती भएको प्रारम्भीक अनुमान गरिएको प्रधानाध्यापक दुलालले जानकारी दिनुभयो । विहान १० वजे शिक्षक, विद्यार्थी, स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए । 


प्रतिक्रिया