पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना पुष्टि

फाल्गुन १५, २०७७

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ८ सय २४ पीसीआर परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ रहेको मन्त्रालयले जनाएको छ । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९ सय ६७ जना रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर २१ लाख ६० हजार ४ सय ४ नमूनाको पीसीआर परीक्षण भएको छ ।


प्रतिक्रिया