फेवातालको क्षेत्रफल कायम

फाल्गुन १६, २०७७

प्रमुख पर्यटकीय क्षेत्र पोखरामा रहेको फेवातालको क्षेत्रफल क्षेत्रफल ५ दशमलव ७२६ बर्गकिलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम गरिएको छ । सरकारद्वारा गठित फेवातालको चारकिल्ला निर्धारण, सिमांकन तथा नक्सांकन समितिले तयार पारेको प्रतिवेदन अनुसार फेवातालको क्षेत्रफल कामय गरिएको हो । 

समितिको प्रतिवेदनलाई मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभयो । तालको सीमारेखाको परिधि १८ किलोमिटर कायम गरिएको हो । समितिले माघ २७ गते चार किल्ला निर्धारण गरी नक्सांकन र नक्सामा सीमाकंनसमेत गरेको प्रतिवेदन गण्डकी प्रदेश सरकारमा पेश गरेको थियो ।

यसैबीच, वाँधको मर्मत कार्य सम्पन्न भएपछि फेवातालमा पानी जम्मा गर्न थालिएको छ । गत महिना फेवा वाँध मर्मतका लागि भन्दै फेवातालको पानी सुकाइएको थियो । ६४ दशमलव ५ मिटर र उचाइ बढीमा २० मिटर रहेको बाँधका ४ वटै फलामे ढोकाहरुमा रवरसिल फेरिएको छ । 


प्रतिक्रिया