धनगढीको चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी

फाल्गुन २२, २०७७ | धनगढी

धनगढीको चटकपुरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आलोक मल्टी कन्सर्न प्रालिमा शनिबार मध्याह्न १२ बजेबाट आगलागी सुरु भएको हो । सो फर्निचर उद्योगमा लागेको आयो अझै नियन्त्रणमा आउन सकेको छैन । 

बजार क्षेत्रमै पर्ने चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा दिउँसो सवा १२ बजेबाट आगो सल्किएको भएपनि झण्डै एक घण्टापछि मात्रै दमकल पुगेको स्थानीयले बताएका छन् । गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको दमकल आएको भएपनि धनगढीको दमकलमा पानी समेत नभएको स्थानीयले बताए । 

आगो निभाउन ठूलो संख्या नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । आगलागीबाट ५ करोड रुपैयाँ बराबरको क्षति भएको आलोक मल्टी कन्सर्न प्रालिले जनाएको छ । 

आगलागीस्थलबाट आयल निगमको डिपो करीब एक सय मिटरको दूरीमा रहेको छ । आगलागीबाट सबै फर्निचर जलेर नष्ट भएको छ । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया