पत्रकार महासंघको चुनावमा करिब ८५ प्रतिशत मत खस्यो

चैत्र २५, २०७७ | काठमाडौं

नेपाल पत्रकार महासंघको आज सम्पन्न केन्द्रीय कार्यसमितिको चुनावमा करिब ८५ प्रतिशत मत खसेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव भक्तिराम घिमिरेका अनुसार मूलुकभरका ९७ वटा मतदान केन्द्रमा ८० देखि ८५ प्रतिशत मत खसेको हो ।

 सबै जिल्लाका ७७ वटा शाखा, ४२ प्रतिष्ठानको १९ वटा र एसोसिएटको एक गरी ९७ मतदान केन्द्रमा सम्पन्न चुनावको मतगणना बेलुका ५ बजेदेखि नै शुरु भइसकेको समितिका सचिव घिमिरेले जानकारी दिनुभयो ।

 केन्द्रको केन्द्रमै, प्रदेशको प्रदेशमा र प्रतिष्ठान, एशोसिएटको एशोसिएटमै मत गणना हुने उहाँको भनाई छ । महासंघको ४९ पदाधिकारीका लागि १ सय ४५ जना चुनावी प्रतिस्पर्धामा छन् । 


प्रतिक्रिया