भारतबाट फर्किएका एक जनामा एन्टिजेन पोजेटिभ

चैत्र २८, २०७७ | दार्चुला

भारतबाट नेपाल फर्किएका एक जनामा एन्टिजेन पोजेटिभ देखिएको छ । भारतको उत्तर प्रदेश नयडाबाट फर्केका दार्चुलाको महाकाली नगरपालिका–२ का ३८ वर्षीय एक पुरुषमा एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो । 

मजदुरीका लागि भारत गएका ती पुरुषमा एन्टिजेन पोजेटिभ देखिएसँगै जिल्ला अस्पतालमा रहेको आइसोलेशन कक्षमा राखिएको महाकाली नगरपालिकाका स्वास्थ्य संयोजक मोहन महराले जानकारी दिनुभयो । 

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखेर उपचार भईरहेको छ । जिल्लामा पहिलो पटक ती पुरुषमा एन्टिजेन पोजेटिभ देखिएको हो । भारतमा कोभिड–१९ संक्रमित बढिरहेका बेला नेपाल फर्कनेलाई नाकामा एन्टिजेन परीक्षण गर्न थालिएको हो ।


प्रतिक्रिया