छरिएका कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्ड अन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाई

मंसिर ११, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्ड अन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री पौडेलले कानून नै बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने उल्लेख गर्नुभयो । लक्षितवर्ग छुट्याउन सके मात्रै थप सुविधा दिन सकिने उहाँको भनाई थियो ।

स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कयौँ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा र स्वास्थ्य बीमा दुवैतर्फ छरिएर रहेका कार्यक्रमलाई एकीकृत गरेर जान सके नागरिकले जस्तोसुकै गम्भीर रोग लाग्दापनि पैसाको अभावमा उपचार नपाउने अहिलेको स्थिति अन्त्य हुने मन्त्रीपौडेलको भनाइ थियो । स्वास्थ्यमन्त्री पौडेलले यसअघि नै स्वास्थ्य बिमाको रकम बढाएर ५ लाख पु¥याउने घोषणा गर्नु भएको छ । 


प्रतिक्रिया