सरकारका मन्त्रीहरु दार्चुला-तिंकर सडकको हवाई निरीक्षणमा

फाइल फोटो 

वैशाख ५, २०७८ | दार्चुला

महाकाली लोकमार्ग अन्तर्गतको दार्चुला–तिंकर सडकखण्डको अनुगमन गर्न नेपाल सरकारका तीन मन्त्री दार्चुला पुगेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्रम अन्तर्गत तीन जना मन्त्रीको टोली दार्चुला–तिंकर सडक योजनाको अनुगमन निरीक्षणका लागि जिल्ला पुगेका हुन् । 

निरीक्षणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको टोली जिल्ला पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

नेपाली सेनाको हेलिकप्टर मार्फत मन्त्रीहरुको टोली साढे ११ बजे सेनाको ब्यारेकमा अवतरण भएको र केही मिनेटमै सडकको निरीक्षणको ब्यासतिर हिँडेका छन् । प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीका अनुसार मन्त्रीहरुको टोली सुरुमा ब्यास जान्छ, त्यहाँबाट फर्केपछि सदरमुकाममा अन्तरक्रिया कार्यक्रम राखिएको छ । 


प्रतिक्रिया